राजनीति प्रदुषित हुनबाट बचाउन संसद भंग गरेंः प्रधानमन्त्री

प्रकाशित मिति :  337 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका राजनीति प्रदुषित हुनबाट बचाउनको लागि संसद विघटन गरेको बताएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको बताए ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सुरुदेखि नै अप्ठ्यारो थियो तरपनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु पर्यो ।’

यस्तै ओलीले अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको समेत आरोप लगाउँदै यदी संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरेका छन् ।

 

तपाईको प्रतिक्रिया