घरि तरबारमा राखेर घरि ढालमा राखेर कोही तिम्रो हुन सक्दैन बहालमा राखेर।। अचेल मान्छेहरुले जे पनि बेच्न थालेछन् हेर्नुस् त ढुङ्गा बेच्दैछन् यहाँ दालमा राखेर।। चरित्र नउदाङ्गिएको भए, लुक्दै लुक्दै को हिड्थ्यो? कालो सिसा गाडीको झ्यालमा राखेर।। कमजोरहरुको शक्ति कस्तो हुन्छ,देखाउँछु बाघ नै थुन्छ बाख्राले बाघ चाल...
