कहिले पाउको विरुद्ध कहिले गर्धनको विरुद्ध खन्जर तेर्सीरह्यो सधैँ परिवर्तनको विरुद्ध। यसकारण आन्दोलन आन्दोलन भएको छ आन्दोलनकारी नै छ्न् आन्दोलनको विरुद्ध । भोली कसको विरुद्ध को उठ्छ थाहा छैन आज एक दिवाना उठ्यो मनको विरुद्ध। कठोर बचन कसैका लागि यति भयानक बन्यो बाउको मृत्यु उभियो छोराको बचनको विरुद्ध।...
