कविता: नारी

रुपको मोहनीले नै फूल टिपिन्छ , पराइ आँखामा तारिफको बाढि पसेर बग्न बानी नपार आफूलाई , पानीबाट जीवन बन्ने सुत्र केवल तिमीमा मात्रै दिएको छ प्रकृतिले , मैन बत्ती र अगरबत्ती दुबैलाई बाल्ने आगो हो मैनको सुगन्ध कहिल्यै आएन , जीवन भरी पढेर र परेर मान्छेले , दुनियाँमा माथी हेर्न जान्यो तल पारेर सबैलाई ...

पठन अनुभूति- प्रिय मौनताको

आमा ! बेहोसीमा तिमीले जन्माएको समयको एक टुक्रा आकाश हुँ म ! (‘दृश्य र दृष्टि’बाट) वा ! कस्तो सिर्जना होला यो— जहाँ कवि आमाजस्तै अनि कविता सन्तानझैँ प्रिय छन् । जहाँ समयको विशाल आकाश छ, त्यसैको टुक्रा बनेर कवि निश्चिन्त विचरण गरिरहेछन् ! सुन्तला रङ्गको पृष्ठभूमिमा सेता अक्षर ‘प्रिय मौनता’, त्यसको माथि ‘नेत्र एटम’ र ...

कविता: बाटोमा भेटिएको बाटो !!

थाहा छैन म हिँड्दैछु कि म हिँडाइरहेछु यो बाटो , कोही हिँडेपछि बनेको डोरेठो मात्र होइन , उज्यालो देखाउने किरण पनि हो बाटो , लगानी बिछ्याइएको लमतन्न सडक मात्र होइन खुम्चिदै गएर मेटिएका तमाम गन्तव्य पनि हुन् जीवनका बाटाहरू , झाडी फाँडेर पहरो फोरेर भेल नाघेर सागर छिचोलेर बनेका अनन्त ती बाटाहरू सर्वजन हिता...

सुरेशकुमार पान्डेको गजल

पक्का पक्कि जनताहरुको ताकत हामीसँग छ, यो देश भरीका जनता सतप्रतिसत हामीसँग छ। सहयोगको फोहोर बोकेर आए पनि बम गोला, देश निर्धन गरिब भए पनि ईज्जत हामीसँग छ। अंग्रेजले सुगौलीमा सन्धिगरेर भुभागनै खोस्यो, त्यो घाउ भरिएको छैन पुरानो खत हामीसँग छ। साम्राज्यवादसँग त बम बारुद हुनसक्छ सधैँ, बिना हतियार पनि लड्ने हिम्म...

कविता: प्रेम

उसले मलाई माया गर्छु भनी, म मुसुक्क हासेँ ! उसले मसँग जीवन बिताउन चाहन्छु भनी, म मुसुक्क हासेँ ! उसले मसँग सँगै मर्न चाहन्छु भनी, म मुसुक्क हाँसेँ ! कोही सफेद झूट बोलिरहेको थाहा हुँदा हुँदै पनि मुसुक्क हाँस्न मन लाग्ने..! यही नै त प्रेम रहेछ !! © हेमन्त गिरी...

कविता: हराउनु

हराउनु सुखद कुरा हुन जान्छ हराएपछि नै महत्त्वपूर्ण लाग्छन्-कति कुराहरु बादलको कालो पोखरीमा घाम हराएपछि याद आउँछ न्यानो भाष्करको झ्यालको टेलिभिजनबाट दृश्यपान हुने आकाशको हाटबजार बन्द भएपछि अभाव लाग्न सक्छ शीतलताको ! हराएपछि अति प्रिय लाग्छ कार्यालयको आइतबारको दिन पनि जब शनिवारसँगै हराउँछ नियमित भेटघाट ! ...

सुरेशकुमार पान्डेको गजल

साम्राज्यवादको कथित अनुदान चाहिँदैन, देशलाई नेताका टुक्का र उखान चाहिँदैन। बरु खर्च थोरै गर र उत्पादन लाई बढाऊ, जनतालाई यस्ता नेता बेइमान चाहिँदैन। यहि देश भित्र पसिना बगाउँछन युवाहरू, जनतालाई अब खाडि र जापान चहिँदैन। मिहिनेत गरेर खाने पौरखी जनताहरुलाई, दलालले दिएको दयाको परान चाहिँदैन। देश आत्मानिर्भर ...

डराई डराई प्रेम गर्न थालेको छु

म तपाईँ भनेर सम्बोधन गर्छु । यस्को मत्लव तिमी भन्न पाइदैन भन्ने होईन । नारीलाई आमा , दिदी , बहिनी बाहेक नहेरेर पनि होला म तपाईँ सग डराई डराई प्रेम गर्न थालेको छु । अझ भनौ तपाईँकै शब्दमा यो दुस्साहस गरेको छु । हुन त हामी प्रेम सबैलाई गर्छौ ,प्रेम गरेका वा चाहना भएका सबै कुरा पुरा हुन्छन् भन्ने हैन । सबै प्रेमले बाध्ने क...

कविता: को गाइरहेछ गीत ?

यो उदास उजाड मौसममा पनि भन को गाइरहेछ बसन्तको गीत ? यो घनघोर अँधेरी रातमा पनि भन को गाइरहेछ उज्यालोको गीत ? यो विघटन-विसर्जनको मौसममा विचलन-विपथगमनको याममा चौतारीमा एक्लै बसेर भन को गाइरहेछ अझै- पुनर्जीवनको गीत ? दिशासन्धानको गीत ? यो हारै हारको मैदानमा यो खरानी बनेको उद्यानमा यो भागदौड र आत्मसमर्पण...

हिरा गौतमका चार मुक्तक

१ मेरो जिन्दगीमा कोही आउला कि न आउला चर्किएको घाउमा मलम लाउला कि नलाउला कहिले काही त कल्पनामा हराउन मन लाग्छ सुरिलोस्वरमा प्यारी भनी बोलाउला कि नबोलाउला ।। २ मेरो जस्तो उसको पनि रहर हुन सक्छ कतै पूरा हुदैन कि भन्ने डर हुन सक्छ कुहिरोमा हराएका हामी कागको पनि एक दिन सुखी र सुन्दर घर हुन सक्छ ।। ३ दुवै जना को ...