आरम्भ,अस्मिता र रोशनीको अभिनयमा ल्होछार विशेष म्हेन्दोमाया‘चाईना जुत्ता’ सार्वजनिक

काठमाडौं । ल्होछारको पूर्व सन्ध्यामा ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसैबिचमा रोशन फ्युवा र लक्ष्मि तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत चाईना जुत्ता सार्वजनिक भएको छ । रोशन फ्युवाकै शब्द संगीत रहेको गीतलाई फ्युवा आफैले निर्देशन गरेका छन् । आरम्भ तामाङ,अस्मिता तामाङ, रोशनी तामा...

मकवानपुरको दामन, सिमभञ्ज्याङमा हिमपात

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका-४ स्थित दामन, सिमभञ्ज्याङमा हिमपात भएको छ । मकवानपुरकै उच्च भागमा पर्ने पर्यटकीय स्थल दामन, सिमभञ्ज्याङमा आज बिहान ६ बजेबाट हिउँ पर्न थालेको दामनबाट सुरथ अधिकारीले जानकारी दिए । राती देखी नै सिमसिम पानी पर्न थालेको र आज बिहानबाट हिउँ पर्न सुरु गरेको अधिकारीले बताए । यतिबेला...

मकवानपुरमा ६९ किलो गाँजा सहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुरमा ६९ किलो ५०० ग्राम अवैध लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका -५ कटहरे घर भइ हाल हेटौँडा- ७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान , कैलाश गाउँपालिका- १ बस्ने ३३ वर्षीय अमरबहादुर गिरी र सोही स्थान बस्ने २६ वर्षीय इन्द्रबहादुर मोक्तान रहेको जिल्ला प...

हेटौंडामा लहरी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित लहरी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा १२ का २० वर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आज बिहान हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ...

मकवानपुरमा राती ८ बजेपछि देउसी भैलो नखेल्न प्रशासनको आग्रह

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राती ८ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले एक सूचना जारी गर्दै जिल्ला भित्र कोभिड १९ बाट संक्रमितहरुको संख्या कम देखिएता पनि संक्रमणको जोखिम अझै यथावत नै रहेको हुँदा तिहार तथा छठ लगायतका पर्वहरु जनस्वास्थ्यका मापद...

भिमफेदी – कुलेखानी सडक तीन दिन बन्द हुने

मकवानपुर । मकवानपुरको भिमफेदी - कुलेखानी सडकखण्ड आज कात्तिक १३ गतेदेखि तीन दिन बन्द हुने भएको छ । मकवानपुरको हेटौंडाबाट भिमफेदी हुँदै काठमाडौ तर्फ जाने छोटो दुरीको कुलेखानी सडक खण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पुर्वाधा...

मकवानपुरमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला

मकवानपुर । मकवानपुरको हाँडिखोलामा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छ । सोमबार बिहान मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २८ वर्षीय रमेश सुवेदी आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको जंगलमा रुखको हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्...

सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण कांग्रेस अवैध हुने अवस्थामाः नेता सिंह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्वतह लिप्त हुँदा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । आइतबार जनकपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएर आएका सभापति र पदाधिकारीहरुको अयोग्यताकै कारण ...

हमाललाई मन्त्री बनाउन मेरो कुनै पनि संलग्नता छैन : प्रधानन्यायाधीश जबरा

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग न्यायपालिका शुद्धिकरण र सुदृढीकरणलगायतका विषयमा छलफल गरेको छ । बारका पदाधिकारीले प्रधानन्यायाधीशसँग मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, पेसी तोक्ने विषयमा रहेका कमजोरी हटाउन नखोजेको लगायतका विषयमा छलफल गरेको हो । छलफलका क्रममा प्रधानन्या...

वैशाखयताका विपद्जन्य घटनामा परी ३५३ जनाको मृत्यु, ८० बेपत्ता

काठमाडौं । यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् । सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्...